बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२९ मंसिर २०७९ १०:५९
68
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.