विन्ध्यवासिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा र बुकक्लोज मिति तय

डिसी नेपाल
१ पुष २०७९ १०:०६
80
Shares

काठमाडौँ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ।

यसका साथै बैठकले वार्षिक साधारणसभा गर्ने मिति र बुकक्लोज मिति पनि तय भएको छ। कम्पनीको छैटौँ वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ।

सभामा लाभांश पारित गर्न प्रस्ताव पेश गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १२ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.