नेपाल बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१ पुष २०७९ १२:५६
96
Shares

काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँ रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.