प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास छः प्रकाशमान सिंह

डिसी नेपाल
२ पुष २०७९ १३:५१
12
Shares

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले आफू प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास रहेको बताएका छन् ।

काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘यो त तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ ।’

प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो । उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.