नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै देउवाले भने- संसदमा प्रभावकारी भूमिका खेल्नु
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिदै देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने गरि काम गर्न निर्देशन दिएको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
कार्कीले छिटै गठबन्धनको बैठक बस्ने र सरकार गठन लगाएतका बिषयमा छलफल हुने बताए । कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।
त्यस्तै कांग्रेस नेता शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।
त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दावी गरे । आफु संसदीय दलका नेताको दावेदार नभएको र आफुले पार्टी सभापति देउवालाई पूर्ण रुपमा समर्थन गर्ने उनले बताए । प्रधानमन्त्रीका बिषयमा गठबन्धनभित्र अन्य दलले दावी गर्नु स्वभाविक भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री दलको कारणले गठबन्धन तोडिने कुनै सम्भावना नरहेको धारणा राखे ।
प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू सहभागी हुनेछन् ।







डिसी नेपाल








Facebook Comment