बाराही हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने
काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज (आइतबार) बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे हुने भएको छ।
कम्पनीको आइपिओमा १२ लाख १६ हजार १५३ आवेदकबाट कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको छ। यो माग निष्काशन गरेको भन्दा २६.९२ गुणाले बढी हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ५ लाख ५४ कित्ता कित्ता शेयर निष्कासनमा ल्याएको थियो। निस्काशन गरेको आइपिओमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ११ लाख ६४ हजार ६३१ आवेदकको हात खाली हुने देखिएको छ।







डिसी नेपाल







Facebook Comment