बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
३ पुष २०७९ ११:११
212
Shares

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडआईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आज बिहान १० बजे आइपिओ बाँडफाँट भएको हो।

कम्पनीको आइपिओमा १२ लाख १६ हजार १५३ आवेदकबाट कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको छ। जसमा ११ लाख ९१ हजार २८४ आवेदकबाट परेको १ करोड ३० लाख ७८ हजार १०० कित्ता सदर भएको छ। बाँकी ६५ हजार ९२७ आवेदकबाट परेको १२ लाख ६८ हजार ६९० कित्ता रद्द गरिएको छ भने २ हजार ७० आवेदकबाट परेको १५ हजार ४० कित्ता बदर भएको छ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ५ लाख ५४ कित्ता कित्ता शेयर निष्कासनमा ल्याएको थियो। निस्काशन गरेको आइपिओमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.