मुक्तिनाथ विकास बैंकले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
३ पुष २०७९ १२:११
20
Shares

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.७१०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १६ औँ बार्षिक साधारण सभा बाट पारित भए पश्चात वितरण गर्ने बैंकले जनाएको छ। हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ ८४ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.