महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। पुस १ गते (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको ४ प्रतिशतले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँबराबरको बोनस सेयर र ६.४७ प्रतिशतले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment