मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

डिसी नेपाल
३ पुष २०७९ १३:१५
52
Shares

काठमाडौँ। मञ्जुश्री फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ। पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.