दुई कम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट, कुनको मूल्य कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा सीवाईसी रुरु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर भाउमा नकारात्मक सर्किट लागेको हो।
यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले घटेको छ। रुरु जलविद्युत परियोजनाको सेयर भाउ ८१ रुपैयाँ १७ पैसाले घटेर ७ सय ३५ रुपैयाँ ४० पैसा पुगेको छ। भने पिपुल्स हाइड्रोपावरको सेयर भाउ २४ रुपैयाँ ३० पैसाले घटेर २ सय १८ रुपैयाँ ७० पैसा पुगेको छ।
मार्केट डेपमा दुवै कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment