२७.५४ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
३ पुष २०७९ १५:११
44
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२२ अङ्कले घटेर ३६२.८२ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १५ करोड ७१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा कृषि विकास बैंक अग्रिम स्थानमा छ। यसको आज ६ करोड २५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर कम्पनी र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा इस्टर्न हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स फण्ड -१ का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, पिपुल्स हाइड्रोपावर र रुरु जलबिद्युत परियोजनाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.