चौतर्फी घेराबन्दी गरिएपनि एमाले ‘म्यान अफ दी इलेक्सन’ बन्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको दाबी गरेका छन् ।
आइतबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको भन्दै एमाले धेरै जिल्लामा क्लिन स्वीप गर्ने पार्टी बनेको समेत बताए ।
महासचिव पोखरेलले अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गरे। उनले चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको भन्दै स्वभाविक रुपमा एमाले भविष्यमा राष्ट्रको नेतृत्व गर्न सक्षम छ भन्ने कुरामा सफलता हासिल गरेको दावी गरे ।
महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरे । उनले सत्ता गठबन्धन सरकार गठन नजिक भएपनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको टिप्पणी गरे ।
महासचिव पोखरेलले सत्ता गठबन्धन राष्ट्रको समस्या र चुनौती सामना गर्ने विषयमा असफल रहेको बताए । उनले पाँच दलीय गठबन्धनको कुनै उदेश्य, लक्ष्य र गन्तव्य नरहेकाले गठबन्धन स्वार्थहरूको झुन्ड भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे ।







डिसी नेपाल








Facebook Comment