हर्क साम्पाङद्वारा क्षमायाचना
सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो एउटा फेसबुक स्टाटसको विषयमा क्षमा मागेका छन् । उनले गत मंसिर २८ गते फेसबुक स्टाटसमा विरोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्द उल्लेख गरेका थिए ।
सो विषयमा राष्ट्रिय दलित आयोगले पनि आपत्ति जनाएको थियो । साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment