नेपाल एसबीआई बैंकले डाक्यो पुस २५ गते साधारण सभा, के-के छन् एजेण्डा ?
काठमाडौँ। नेपाल एसबीआई बैंकको बार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ। सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पनि छ। आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने र आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पेश गर्ने भएको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन्।







डिसी नेपाल







Facebook Comment