अब खल्तीबाटै सदर चिडियाखानाको टिकट काट्न सकिने 

डिसी नेपाल
४ पुष २०७९ ११:४७
40
Shares

काठमाडौँ। खल्तीले अब प्रयोगकर्ताहरुलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने,“विशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। बिगतमा पनि खल्तीले आम नेपालीहरुको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुविधाहरु ल्याइसकेको छ। अब परिवारसंग गुणस्तरीय समय बिताउन, चिडियाखाना घुमाउने योजना बनाउदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।”

इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिका अनुसार खल्ती मार्फत सदर चिडियाखानाको टिकट बुक गर्न सक्नेछन्:
१.खल्ती एप को होमस्क्रिनमा ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस्
२.उपलब्ध अप्सन जस्तै विद्यार्थी, बाल्बचा,बिदेसी पर्यटक मा आफुलाई चाहिएको कोटामा टीक गर्नुहोस्
३.आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस्
४.पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस्

खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सक्नुहुनेछ। साथै खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२” यसुदा टिभी जित्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.