मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।
निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए।
उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे। तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए।
अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सिमिति प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए। उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ। यस्तै, किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ।’
उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको बताएका छन्। उनले अघिल्लो साता एमाले अध्यक्ष केपी ओलीसँग भएको भेट सरकार गठनसँग सम्बन्धित नभएर सामान्य शिष्टाचार भेट मात्रै भएको बताए।







डिसी नेपाल








Facebook Comment