सामान्य अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
४ पुष २०७९ १५:२२
88
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१५ अङ्कले बढेर ३६३.९७ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा प्राइम कमर्सियल बैंक अग्रिम स्थानमा छ। यसको आज ६ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने,  इस्टर्न हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स फण्ड -१का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.