मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमय दर
काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घट्यो छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ ०४ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ६४ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ ३० पैसा र विक्री मूल्य १३३ रुपैयाँ ९० पैसा रहेको थियो।
यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ३८ पैसा विक्री दर १४१ रुपैयाँ ०२ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रुपैयाँ २३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ४० पैसा र विक्री दर ९७ रुपैयाँ ८४ पैसा रहेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा ९ रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment