मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

डिसी नेपाल
५ पुष २०७९ १०:५६
116
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले  घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.