सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको ७ पुसबाट एकीकृत कारोबार

डिसी नेपाल
५ पुष २०७९ ११:३५
56
Shares

काठमाडौँ। सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरेर ७ पुसबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा प्राधिकरणले २९ मंसिरमा अन्तिम स्वीकृति दिएको थियो। त्यसअघि गत कात्तिक २८ गते सम्पन्न दुवै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो।

दुवै एक भएपछि अब सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ। यी दुवै कम्पनीबीच गत असार १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सूर्या लाइफ र ज्योति लाइफबीच १ः०.८२ सेयर अनुपात कायम मर्जरमा गएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.