हिमालयन बैंकले गर्यो १९.११ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। हिमालयन बैंकले आफ्नो सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार (आज) बिहान बसेको सञ्चालक सनितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्नो सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment