दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा आधी खोला लघुवित्त वित्तीय संस्था र सृजनसिल लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।
यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको हो। आधी खोला लघुवित्तको सेयर भाउ १ सय ३७ रुपैयाँले बढेर १ हजार ५ सय ७ रुपैयाँ पुगेको छ। यस्तै, सृजनसिल लघुवित्तको सेयर भाउ ९० रुपैयाँ ६० पैसाले बढेर ९ सय ९६ रुपैयाँ ६० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment