सिभिल बैंकको लाभांश घोषणा
काठमाडौँ। सिभिल बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार (आज) बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४.५२ रुपैयाँबराबरको बोनस सेय र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९.७१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment