पोखरा फाइनान्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि!
काठमाडौँ। पोखरा फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.२१ प्रतिसह्त नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ हजार ७९२.५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१.६१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment