१४.२२ अंकले बढ्यो सेयर बजार, ९३ करोड ८ लाख माथिको कारोबार

डिसी नेपाल
५ पुष २०७९ १५:२५
56
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६८ अङ्कले बढेर ३६६.६५ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रिम स्थानमा छ। यसको आज ६ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभिल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक बढेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सृजनसिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज ब्लु चिप फण्ड र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.