कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

डिसी नेपाल
५ पुष २०७९ १५:१२
116
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् भने समर्थक उपसभापति पूर्णबहादुर खड्का छन्।

महामन्त्री थापाको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ। मतदान पुस ६ गते बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ। कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.