राधी विद्युत कम्पनीको लाभांश घोषणा, एजिएम र बुकक्लोज मिति तय
काठमाडौँ। राधी विद्युत कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
प्रस्ताव गरेको लाभांश पारित गर्न बैठकले बार्षिक साधारण सभा र बुकक्लोज मिति पनि तय गरेको छ। कम्पनीको बार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ। सभा काठमाण्डौको त्रिपुरेश्वस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १२ गतेसम्म कायम लगानीकर्ताहरुले सभामा भाग लिन र लाभांश पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment