महंगीयो सुन, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला २५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment