एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने

डिसी नेपाल
६ पुष २०७९ ११:३०
80
Shares

काठमाडौँ। एनआइसी एसिया बैंकले आफ्नो सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो।

उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने गरेको हो।बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन। सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.