गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
६ पुष २०७९ १२:२०
64
Shares

काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो सेयरलाई लाभांश दिने घोषणा गरेको हो। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने अर तिर्न ०.३७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ३५ लाख १ हजार ४७३.६८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.