दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति ?

डिसी नेपाल
६ पुष २०७९ १३:०४
180
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

बुधबारको कारोबारमा आधी खोला लघुवित्त वित्तीय संस्था र सृजनसिल लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

आधी खोला लघुवित्तको सेयर भाउ १ सय ५० रुपैयाँ ७० पैसाले बढेर १ हजार ६ सय ५७ रुपैयाँ ७० पुगेको छ।  यस्तै, सृजनसिल लघुवित्तको सेयर भाउ ९९ रुपैयाँ ६० पैसाले बढेर १ हजार ९६  रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.