नेपाल टेलिकमको लाभांश घोषणा, एजिएम र बुकक्लोज मिति तय ?
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो।
यसकासाथै बैठकले वार्षिक साधारणसभा र बुकक्लोज मिति पनि निर्धारण गरेको छ। कम्पनीको १५ औँ वार्षिक साधारणसभा यही पुस २८ गते बस्ने भएको छ। सभाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट हुनेछ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउने छन्।







डिसी नेपाल







Facebook Comment