कालिका पावर कम्पनीको लाभांश घोषणा, एजिएम र बुकक्लोज मिति तय
काठमाडौँ। कालिका पावर कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.७८९५ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ५४ लाख ४७ हजार ५५० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।
यसका साथै बैठकले कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते बस्ने भएको छ। सभा चितवनको भरतपुरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १४ गते (पुस १५ गते शनिबार र १६ गते शनिबार)सम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।







डिसी नेपाल







Facebook Comment