राप्रपामा थपिए महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० केन्द्रीय सदस्य

डिसी नेपाल
७ पुष २०७९ १३:१६
556
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन्।

महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन्। गत असोज १२ गते वरिष्ठ उपाध्यक्ष पद पाएपछि मिश्र राप्रपा प्रवेश गरेका थिए।

मिश्र राप्रपामा गए पनि उनको पक्षबाट कसले कुन पद पाउने भन्नेबारे भागबण्डा टुंगिएको थिएन। बिहीबार तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रको पछि लागेका नेता कार्यकर्ताहरूले राप्रपामा समेत स्थान पाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.