सामान्य अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ११ करोड माथि

डिसी नेपाल
७ पुष २०७९ १५:१७
52
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ अङ्कले बढेर ३६७.०६ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनी अग्रिम स्थानमा छ। यसको आज १४ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमा ३ उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा  सृजनसिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आधीखोला लघुवित्त र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.