नागरिकता विद्येयकबारे प्रारम्भमा नै छलफल गर्नुपर्छः गगन थापा

डिसी नेपाल
७ पुष २०७९ १६:०६
28
Shares

 

काठमाडौं । कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विद्येयक हुनु पर्ने बताए । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्छ,’ थापाले भने ।

उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए । ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठिक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.