एमालेको जिम्मेवार सांसदको भूमिका निर्वाह गर्ने सांसद ढकालको प्रतिवद्धता

डिसी नेपाल
७ पुष २०७९ १४:२८

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एवं एमालेबाट समानुपातिक सांसद बनेका एकनाथ ढकालले आफूलाई देशको कानुन बनाउने सांसद पदको जिम्मेवारी दिएकोमा नेकपा एमाले र मतदातालाई धन्यवाद दिएका छन्।

उनले परिवार दलले विगत पाँच वर्षदेखि एमालेसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो सहकार्य जारी रहने बताएका हुन्। उनले अहिलेको कार्यकाल आफूले एमाले संसदीय दलको जिम्मेवार सांसदका रुपमा भूमिका निर्वाह गर्ने पनि बताएका छन्।

राष्ट्रियताको संरक्षण, शुशासन, संमृद्धि, नेपालीको एकता, असल मुल्यमान्यताको जगेर्ना, सु-संस्कृत समाज निर्माण र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको आफ्नो पहलकदमी रहने उनले बताए।

उनले सांसदका रुपमा यो आफ्नो तेस्रो कार्यकाल रहेको उल्लेख गर्दै यो कार्यकालमा जनसरोकारका जरुरी सवाललाई सम्वोधन गर्न प्राथमिकता दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.