बागमती प्रदेशः कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरले पनि उम्मेदवारी दिने

डिसी नेपाल
८ पुष २०७९ १६:३६
56
Shares

हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो ।

हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनइतर समूहबाट उम्मेदवारको नाम टुंग्याउन बाँकी रहेको एक नेताले जानकारी दिए ।

संस्थापन समूहले चर्चामा आएका दुईमध्ये एकजनाको नाम फाइनल गरे इतर समूहले पनि अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुने बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.