देश मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा मध्यावधिमा चुनाव हुन सक्ने संभावना औल्याएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।
ओलीले सरकार गठनका लागि दलहरु आपसमा हानथाप गरिरहेको अवस्थामा मध्यावधि निर्वाचनको संभावना बढेको बताए । ‘देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment