बालुवाटारमा सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक जारी
काठमाडौं। प्रधानमन्त्रीको पहिलो कार्यकालको टुंगो लगाउन सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बालुाटारमा सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ। त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको पहिलो कार्यकालको टुंगो लगाउन बैठक सुरु भएको हो।
गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्तरिक छलफल गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान पदाधिकारीसँग छलफल गरेका थिए।
उता कांग्रेसभित्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न दबाव बढ्दै गएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग छलफल गरेका थिए।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज अपरान्ह पाँच बजे सकिँदैछ। त्यसअघि नै सहमतिमा पुग्ने गरी सत्ता गठबन्धनबीच छलफल भइरहको छ।
तर प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा सहमति जुटन् सकेको छैन। सोही विषयमा छलफल गर्न अहिले बालुवाटारमा गठबन्धनको ‘निर्णायक बैठक’ बसिरहेको छ।
माओवादीले आफूले पहिलो सरकारको नेतृत्व गर्न नपाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ भने कांग्रेसुले सरकारको पहिलो कार्यकाल आफूले छोड्न नसक्ने बताएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ।







डिसी नेपाल








Facebook Comment