देउवा र प्रचण्डको बैठकमा माधव नेपाल प्रवेश

डिसी नेपाल
१० पुष २०७९ १२:००
640
Shares

काठमाडौं। सरकार गठनका विषयमा सत्तारुढ दलबीच घनिभूत छलफल चलिरहेको छ। सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्विपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल चलिरहँदा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि प्रवेश गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका सकिनै लाग्दा दलहरु निर्णायक भन्दै छलफलमा जुटेका हुन्।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गर्दै पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । यता माओवादीले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउनुपर्ने बताउँदै आएको छ।

विभिन्न विकल्पमा अहिले नेताहरुबीच कुराकानी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.