बालुवाटार पुगे झलनाथ खनाल

डिसी नेपाल
१० पुष २०७९ १३:००
184
Shares

काठमाडौँ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल वालुवाटार पुगेका हुन्।

वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छलफलमा छन्।

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयमा आज साँझ ५ बजे सकिँदैछ। गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.