गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिए प्रचण्ड
काठमाडौं। शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। विशेषगरी नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीबीच कुरा मिल्न सकेको छैन।
सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment