ओलीलाई भेट्न प्रचण्ड बालकोटमा
काठमाडाैं। वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ।
नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए।
बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन्। बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment