ओली निवास बालकोटमा नयाँ गठबन्धनको छलफल, १५६ सिटको समीकरण !

डिसी नेपाल
१० पुष २०७९ १४:२६
2.0k
Shares

काठमाडौं । अहिलेको सत्ताधारी गठबन्धनको बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा नयाँ समीकरणमारे छलफल सुरु भएको छ । यससँगै यहाँ नयाँ गठबन्धन बन्ने देखिएको छ ।

सत्ता गठबन्धनको बैठक छाडेर माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उता, बालकोटमा प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका थिए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा सत्ता सहकार्यबारे छलफल गर्न उनीहरू बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि प्रचण्ड र ओली मिलेर सरकार गठनको लागि छलफल थालेका हुन् ।

यदि यहाँ छलफलमा सहभागी दलहरूबीच सहमति जुटेमा एमालेको ७६ सिट, माओवादीको ३२ सिट, रास्वपाको २० सिट, राप्रपाको १४ सिट र जसपाको १२ सिट गरी १५६ सिटको समीकरण बन्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.