प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर हुँदै

डिसी नेपाल
१० पुष २०७९ १५:५४
384
Shares

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ।

बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो। अहिले सहमतिपत्र तयार भइरहेको छ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। यसको ड्राफ्ट तयार हुँदैछ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

उनका अनुसार सहमतिपत्रको ड्राफ्ट बनाउने कार्यमा एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.