नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज सपथ ग्रहण गर्दै

डिसी नेपाल
११ पुष २०७९ ७:२४
140
Shares

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनेछिन्। दराष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए।

सपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्डले आजै सानाे आकारकाे मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचणडई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.