लामा जोपा रिन्पोछेकाे पुस्तक ‘धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय’ सार्वजनिक

डिसी नेपाल
११ पुष २०७९ ८:०६
96
Shares

काठमाडाै। बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन्।

उनै लामा जोपा रिन्पोछले लेखेकाे पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ। काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो।

पूस्तकमा बौद्ध धर्मले धुम्रपानलाई कसरी ब्याख्या गरेको छ भन्ने उल्लेख गरिएको छ। विमोचन कार्यक्रममा बोल्दै जोपा रिन्पोछेले पुस्तक अध्ययन पश्चात स्वस्थकर जीवनका लागि धुम्रपान त्याग्नु किन महत्वपूर्ण छ भन्ने थाहा पाउने बताए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले रिन्पोछेको पुस्तक स्वस्थकर जीवनयापनका लागि महत्वपूर्ण रहेको बताए।

आफू मन्त्री हुँदा धुम्रपानका कारण हुन सक्ने क्यान्सर लगायतका रोगहरुको निदानका लागि थुप्रै काम गरेको उल्लेख गर्दै बौद्ध धर्मगुरुहरुले पनि आफ्नो क्षेत्रबाट सुखी जीवन जिउने कला सिकाउन विशेष योगदान दिइरहेको थापाको भनाइ छ।

पुस्तकलाई बुद्ध वचन अनुवाद समितिका संयोजक टीका शेर्पाले अनुवाद गरेका हुन्। जोपा रिन्पोछेको पुस्तकलाई एकदमै मेहनतका साथ सबैले बुझ्ने गरि नेपालीमा अनुवाद गरिएको शेर्पाले बताए।

पुस्तकलाई नेपाल बौद्ध महायान केन्द्र, गोन्पा, कपनले प्रकाशन गरेको हो। कार्यक्रममा गायिका तथा भिक्षु आनी छोइङ डोल्मा र गायक राजु लामाले सांगीतिक प्रस्तुति पनि दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.