माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

डिसी नेपाल
११ पुष २०७९ ९:५०
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको स्रोतले बताएको छ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धनको पनि बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.